शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                संसारकै सबैभन्दा प्यारो मान्छे को होला ?
यसको जवाफ आमा बाहेक अरु को होला ?
बोल्न सिकेँ, हिँड्न सिकेँ, अरु के–के सिकेँ ।
तिमीले नै गर्दा आज लेखपढ् गर्न सिकेँ ।।
तिमीले नै आमा मलाई संसार देखाइदियौ ।
दुःखकष्ट सहेर मलाई ठूलो बनाइदियौ ।।
तिमीजस्तो गुणी मान्छे अरु कोही पाइन ।
तिमीलाई कहिले पनि छोडिजाने छैन ।।
धर्तीमै छ सबै चिज खोजे मिल्छ घरी–घरी ।
जन्म दिने आमा पाइँदैन कसैगरी ।।
आमाको काखमा मिल्छ धेरै ज्ञानगुणका कुरा ।
आमाबिना हुने छैन हाम्रो जीवन पूरा ।।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                