विजयकुमार साह
ढल्केबर, माघ ११ गते । भौतिक पूर्वाधार मन्त्रालय मधेश प्रदेशका चालक देवेन्द्र यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहले भौतिक पूर्वाधार मन्त्रालयका चालक धनुषाको लक्ष्मिनिया गाउँपालिका–१, का यादवको मृत्यु भएको हो ।
उहाँका अनुसार शुक्रबार कार्यालय जाँदै गर्दा जनकपुरधामस्थित मधेश भवन अगाडि भएको मोटरसाइकल दुर्घटनामा यादवको टाउकोमा गम्भीर चोट लागेको थियो । उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको हो ।
यादव सवार ज १ ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेश प्रदेशको २–०२–००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकल चालकसहित दुई जनालाई प्रहरी नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।