• २४ पुस २०८१, बुधबार

मधेशमा भूकम्पबारे विवरण सङ्कलन गरिँदै

blog

विजयकुमार साह
ढल्केबर, पुस २३ गते ।
मङ्गलबार बिहान ६ बजेर ५० मिनेटमा मधेश प्रदेशका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पले प्रदेशमा पुर्‍याए क्षति बारे विवरण सङ्कलनको काम भइरहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी उपरीक्षक तथा प्रवक्ता सुबासचन्द्र बोहराले बाराको कलैया उपमहानगरपालिका देवकोटा चोकस्थित त्रिचन्द्र माध्यमिक विद्यालय १० जना छात्रा त्रसित भएर अचेत भएको बताउनुभयो । उपचार पश्चात् ती छात्राहरु घर फर्किएको उहाँले जानकारी दिनुभयो ।

उहाँको अनुसार त्यसबाहेक स्थानीय तह र मातहतका प्रहरी निकायमा बुझ्दा अहिलेसम्म भूकम्पबाट ठुलो तथा मानवीय क्षतिको विवरण आएको छैन । यद्यपि मातहतका प्रहरी कार्यालयबाट विवरण सङ्कलनको काम भइरहेको प्रवक्ता बोहराले बताउनुभयो ।