• १९ पुस २०८१, शुक्रबार

कन्याम र अन्तुमा पर्यटकको चहलपहल (फोटो फिचर)

blog

प्रेम अधिकारी

पशुपतिनगर (इलाम) पुष १६ गते। अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा इलामका पर्यटकीयस्थल कन्याम र अन्तु पर्यटकले भरीभराउ भएका छन्। भारतीय सीमावर्ती क्षेत्रमा अंग्रेजी नयाँ उत्सवका रुपमा मनाउन थालिएसँगै छिमेकी इलामका पर्यटकीयस्थल अन्तु र कन्याम भारतीय पर्यटकले भरीभराउ भएका हुन्। 

१२ महिना महिना पर्यटकले भीडभाड हुने यी पर्यटकीय स्थलमा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकले केही दिन अघिबाटै भीड बढेको छ। अन्तु र कन्याममा आएका मध्ये ८० प्रतिशत बढी पर्यटक भारतीय रहेको अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिनुभयो। 

सूर्योदय नगरपालिकाले अन्तु र कन्यामको ब्युटिफिकेसन गरेपछि पर्यटकको चाप ह्वात्तै बढेको पाइन्छ। नगरले अन्तु डाँडा, अन्तु पोखरी र कन्याममा सेल्फी प्वाइन्ट, टिकटक प्वाइन्ट निर्माण गरी ब्युटिफिकेसन गरेको छ।