• १९ मंसिर २०८१, बुधबार

चितुवाको आक्रमणबाट नेपालगन्जमा एक जना घाइते

blog

चितुवाको आक्रमणबाट घाइते थापा मगर। तस्बिरः सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर १८ गते। नेपालगन्ज उपमहानगरपालिका-२० चितुवाले मंगलबार दिउँसो बढुवालाई आक्रमण गरेको छ। पशुपति नगर सामुदायिक वन नजिक हिँडिरहेका ५८ वर्षीय दलबहादुर थापा मगरलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको नेकपा (एमाले) वडा नम्बर  २० का सचिव फणीन्द्र बुढाथोकीले जानकारी दिनुभयो। 

घाइते थापा मगरको भेरी अस्पतालमा उपचार भइहरेको छ। सो सामुदायिक वनको बाटो नजिक चितुवा देखिएकोले सो बाटो  भएरडुडुवा गाउँपालिका जाने आउनेहरूलाई सचेत हुन अनुरोध गरिएको छ।