• ५ कात्तिक २०८१, सोमबार

अमेरिकास्थित मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको मृत्यु

blog

इस्तानबुल, कात्तिक ५ गते । टर्कीको सरकारी टेलिभिजनले अमेरिकास्थित मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको मृत्यु भएको जनाएको छ । अङ्काराले गुलेनलाई सन् २०१६ को असफल ’कु’का मुख्य योजनाकार भएको आरोप लगाउँदै आएको छ ।

गुलेननिकट समूहले एक्स र सामाजिक सञ्जालमा पोस्ट गरेको पोस्टलाई उद्धृत गर्दै उनीहरूले ८३ वर्षीय गुलेनको अस्पतालमा आइतबार मृत्यु भएको बताएका छन् ।

हिज्मेट नामक आन्दोलनको नेतृत्व गरेका गुलेनलाई टर्कीले ‘आतङ्कवादी’ समूहको नेतृत्व गरेको र सन् २०१६ मा शक्तिशाली नेता रेसेप तैयप एर्दोगानको सरकार ढाल्न गरिएको असफल ‘कु’को नेतृत्व गरेको आरोप लगाएको थियो ।

गुलेन सन् १९९९ देखि पेन्सिलभेनियामा बस्दै आउनुभएको थियो । प्रशासनले उहाँको टर्कीको नागरिकता सन् २०१७ मा खोसेको थियो । रासस/एएफपी