• ३० असोज २०८१, बुधबार

प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युताकाको शिष्टाचार भेट

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुहुँदै नेपालका लागि जापानका राजदूत किकुता युताका। तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, असोज ३० गते। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।

 भेटका अवसरमा दुई देशको परम्परागत सम्बन्ध, दुईपक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत सहभागी  हुनुहुन्थ्यो।भेटमा असोज ११ र १२ गतेको बाढी, पहिरोबाट प्रभावित बिपी राजमार्ग पुनः निर्माणमा जापानबाट हुनसक्ने सहयोगका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।।