• १ असोज २०८१, मङ्गलबार

इन्द्रजात्रा (येँया) विधिवत् रूपमा सुरु (फोटो फिचर)

blog

इन्द्रध्वजोत्थान गरिँदै स्थानीय ः तस्बिर: मनोजरत्न शाही

काठमाडौं, भदौ ३० गते । इन्द्रजात्रा (येँया) आजबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान ८ः२६ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) पश्चात् विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ ।

आठ दिनसम्म चल्ने जात्राको पहिलो दिन पुलुकिसी, लाखे, सवःभकु पनि निकालिन्छ । विशेषतः आजको दिनलाई ‘उपाकु’ भनिन्छ । आजको साँझ नेवार समुदायबाट मृतकको सम्झनामा बत्ती (पाल्चाः) दिँदै नगर परिक्रमा गर्ने पनि परम्परा रहिआएको छ । इन्द्रजात्राको अन्तिम दिन नानीचा याः मा लिङ्गो (यःसिं) ढालेपछि यो जात्रा समापन भएको मानिन्छ ।










Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।