• १६ भदौ २०८१, आइतबार

चट्याङ लागेर दुई जना घाइते

blog

तिलाचन पाण्डे

तम्घास, भदौ १४ गते । गुल्मीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् ।

जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ६ अमरपुरका ३५ वर्षीया राधा बिक र ३० वर्षीया सीता बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

घाइते दुवैको गुल्मी अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा पठाइएको र दुवैको अवस्था सामान्य रहेको पोखरेलले बताउनुभयो । 

बिहीबार साँझ घरमै बसी रहेको समयमा हावाहुरी र पानीसहित परेको चट्याङ लागेर उहाँहरु घाइते भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर घरको विद्युतीय वायरिङमा क्षति पुग्नुका साथै एउटा माउ बाख्रा मरेको पोखरेलले जानकारी दिनुभयो ।