• २ भदौ २०८१, आइतबार

नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक राष्ट्रिय सभामा पेस

blog

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको राष्ट्रिय सभाको बैठकको अध्यक्षता ग्रहण गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, भदौ २ गते । ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ राष्ट्रिय सभामा पेस गरिएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गर्नुभएको हो ।

विधेयक पेस गर्नुहुँदै मन्त्री चौरसियाले कानुनी शिक्षालाई स्तरीय र व्यावसायिक बनाउन विधेयक ल्याइएको बताउनुभयो । “कानुनी शिक्षालाई स्तरीय र व्यावसायिक बनाउन उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन, अध्यापन गराउने र पाठ्यक्रम निर्धारण गर्नेलगायत उद्देश्यसहितको यो विधेयक सभासमक्ष पेस गर्दछु”, उहाँले भन्नुभयो । रासस