काठमाडौँ, भदौ २ गते। उच्च अदालत बार एसोसिएसन पाटन, ललितपुरले नयाँ कार्यसमिति पाएको छ। शनिबार सम्पन्न निर्वाचनको परिणाम आइतबार सार्वजनिक भएको हो। अध्यक्ष पदमा विदुरप्रसाद ढुङ्गाना विजयी हुनुभएको छ। उहाँले ११ हजार ४० मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी गोपाल श्रेष्ठले ४९० मत पाउनुभयो।
उपाध्यक्षमा विष्णुऋषि कोइराला विजयी हुनुभएको छ। उहाँले ११४२ मत पाउनुभयो भने उहाँका प्रतिद्वन्द्वी दुर्गाप्रसाद चिमरियाले ४४० मत पाउनुभयो।
सचिव पदमा प्रबल शर्मा विजयी हुनुभएको छ। उहाँले ११५१ मत पाउनुहुँदा उहाँका प्रतिद्वन्द्वी देवीप्रसाद रिजालले ४३० मत मात्र पाउनुभयो। सहसचिवमा गोरखापत्र संस्थानका कानुनी सल्लाहकारसमेत रहनुभएका सुशीला चौधरी निर्वाचित हुनुभएको छ। उहाँले ११४३ मत पाउँदा यशोदा कुमारी पाण्डेले ४३२ मत पाउनुभयो। कोषाध्यक्षमा भूपाल बस्नेत विजयी हुनुभएको छ।
प्रमुख निर्वाचन अधिकृत रामचन्द्र सिम्खडाका अनुसार महिला सदस्यमा तीन र खुला सदस्य ११ गरेर १४ जना सदस्य निर्वाचित हुनुभएको छ।
महिला सदस्यमा विमलाकुमारी शर्मा, जितिन्द्र विष्ट र पुष्पा भुसाल विजयी हुनुभएको हो। खुला सदस्यतर्फ चित्रबहादुर कुताल विष्ट, रामचन्द्र चौधरी थारु, तिलकबहादुर पाण्डे, भानु निरौला, छन्दप्रसाद आचार्य, भीष्मप्रसाद पौड्याल, सुशीला श्रेष्ठ, कृष्णसिंह महरा, रेशम कँडेल, निकेश कुमार लम्साल र केशव खतिवडा निर्वाचित हुनुभयो।