• २ भदौ २०८१, आइतबार

अमेरिकी निर्वाचन : ह्यारिसको अभियान जारी, समर्थन बढ्ने क्रम निरन्तरता

blog

सिकागो, भदौ २ गते । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका उपराष्ट्रपति कमला ह्यारिसले यो साता पेन्सिल्भेनिया र सिकागोमा महत्त्वपूर्ण कार्यक्रमहरू गर्नुहुनेभएको छ ।

विजयका लागि महत्त्वपूर्ण मानिएका राज्यमा आफ्नो अभियानलाई फैलाउन राज्यका विभिन्न स्थानमा पुग्ने क्रममा उहाँको चुनावी दौडाहाले दिन प्रतिदिन समर्थन बटुल्ने क्रम पनि जारी रहेको देखिन्छ ।

गाजामा इजरायलको युद्धको विरोधमा भइरहेको प्रदर्शनले छायाँमा पारेको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उहाँको चर्चा दिन प्रतिदिन चुलिन थालेको छ ।

राष्ट्रपति जो बाइडेनले करिब एक महिना पहिले निर्वाचनबाट आफ्नो उम्मेदवारीलाई फिर्ता गर्दै आफ्ना सहयोगी ह्यारिसलाई समर्थन गर्नुभएको थियो । अभियानमा उत्साहको लहर चलाउँदै उपराष्ट्रपति ह्यारिसले आफ्ना चिरपरिचित रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध आफ्नो चुनावी नारा लिएर आइतबार पेन्सिलभेनिया राज्यका विभिन्न स्थानको र्‍यालीलाई सम्बोधन गर्नुहुनेछ ।

त्यसपछि ५९ वर्षीय ह्यारिस डेमोक्र्याट्स प्रशंसकको स्वागतका लागि सिकागो पुग्नुहुनेछ । उहाँको अभियानले सिकागोको चुनावमा ट्रम्पको अग्रताको सम्भावनालाई क्षीण बनाएपछि गत हप्ता ट्रम्पले त्यहाँ माहौल फेरि आफ्नो पकडमा आउने आशा व्यक्त गर्नुभएको थियो ।

गाजामा हमासविरुद्ध इजरायलको युद्धलाई बाइडेन–ह्यारिस प्रशासनले समर्थन गरेको भन्दै यसको विरोधमा आइतबारदेखि हरेक दिन हजारौँ प्रदर्शनकारी सिकागो उत्रिने अपेक्षा ट्रम्पले गर्नुभएको छ ।

प्रदर्शन आइतबारदेखि सुरु भएर बिहीबार पनि जारी रहने अपेक्षा गरिएको छ । यो समयमा डेमोक्र्याटिक पार्टीको विशेषगरी सोमबार र बुधबार मुख्य सभा हुने बताइएको छ ।

डेमोक्रयाटिक पार्टीका लागि पनि चार दिने प्रचारप्रसार ट्रम्पको हत्याको प्रयास र ८१ वर्षीय बाइडेनको आश्चर्यजनक बहिर्गमनसहित स्मृतिमा सबैभन्दा उथलपुथलपूर्ण चुनावी चक्रको कडीमा ताजा हुनेछ ।

अमेरिकी इतिहासका सबैभन्दा वृद्ध राष्ट्रपति पदका उम्मेदवार बाइडेनले केही गर्न नसक्ने उहाँको तुलनामा आफू अझै उर्जावान् रहेको भन्दै आफ्नो अभियानलाई अघि बढाएका रिपब्लिकन उम्मेदवार तथा पूर्व उपराष्ट्रपति ट्रम्प एकाएक झमेलामा फस्नुभएको छ । बाइडेनको उम्मेदवारीबाट फिर्ता हुने निर्णयसँगै उपराष्ट्रपति ह्यारिसलाई दिएको समर्थनले ट्रम्पको दाबी अनुसार उहाँ नै वृद्ध उम्मेदवार बन्नुभएको छ ।

रिपब्लिकनहरूले यस मुद्दामा अडिग रहन आग्रह गरे तापनि ट्रम्पले ह्यारिसको व्यक्तिगत अपमान र आलोचना गर्नुभएको छ । पेन्सिलभेनियामा शनिबार एक र्‍यालीका लागि जाँदै गर्दा पूर्व राष्ट्रपति ट्रम्पले आफू ह्यारिसभन्दा ‘धेरै राम्रो देखिने’ भन्दै उहाँलाई ’पागल’ को संज्ञा दिनुभएको थियो ।

पेन्सिलभेनिया, अमेरिकाको ग्रामीण क्षेत्रमा सम्भवतः सबै प्रतिस्पर्धा हुने राज्यमध्ये सबैभन्दा मूल्यवान् मानिएको छ । यसले सन् २०२४ को चुनावी दौडलाई परिभाषित गर्न सक्छ र उम्मेदवारहरूले त्यस क्षेत्रको बारम्बार भ्रमण गरिरहेका छन् ।

नयाँ डेमोक्रयाटिक मानक वाहक ह्यारिसले आइतबार टिम वाल्जसँग केही महत्त्वपूर्ण प्रचारबारे निर्णय गर्नुभएको छ । पिट्सबर्गबाट बस यात्रा सुरु गर्नु अघि पश्चिमी पेन्सिलभेनियामा गरिब श्रमिक वर्गका मतदाताहरूलाई आकर्षित गर्न धेरै अभियान स्टेसन बनाई कार्यक्रमको घोषणा गर्नुभएको छ ।

सिकागो सम्मेलनमा सबैको ध्यान

सोमबार ह्यारिसको कथा अमेरिकी जनतासामु बताउने ठुलो अवसरका रूपमा लिइएको सिकागो सम्मेलनमा सबैका आँखा  केन्द्रित छन् । बाइडेनको उपराष्ट्रपतिबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेका उहाँलाई डेमोक्र्याटिक पार्टीको कमजोर अभियानलाई छिट्टै व्यापक समर्थन जुटाउन सफल भएका कारण उहाँ चिन्ने मौका मिलेको छ ।

ह्यारिसले बिहीबार अन्तिम दिन सम्बोधन गर्ने कार्यक्रम छ, तर सीएनएनका अनुसार बाइडेनले सोमबार सम्बोधन गर्दा उहाँ पनि बाइडेनसँग मञ्चमा देखा पर्नुहुनेछ ।

गत जुनमा ट्रम्पविरुद्ध भएको विवादास्पद बहसपछि डेमोक्रयाटहरूले बाइडेनलाई फिर्ता गरेपछि वृद्ध राष्ट्रपति अझै निराश हुनुहुन्छ । तर, बाइडेनले ट्रम्पले उत्पन्न गरेको लोकतन्त्रमा खतराको बारेमा ध्यान केन्द्रित गर्ने आफ्नो विरासतलाई बलियो बनाउन चाहेको स्पष्ट देखिन्छ । 

कोभिड महामारीबाट प्रभावित अर्थतन्त्र र ‘ह्वाइट हाउसको शालीनता र गरिमा पुनर्स्थापित गर्न’ आफ्नै लाइनको व्यक्तिलाई नेतृत्वमा लान चाहनु बाइडेनका लागि अनौठो तर्क भने होइन ।

बाइडेनले ‘उपराष्ट्रपति कमला ह्यारिसको पक्षमा वकालत गर्नुहुनेछ’ र ‘सबै अमेरिकीका लागि चुनावको दाउलाई उजागर गर्नुहुनेछ,” डेमोक्र्याटिक पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अमेरिकी प्रथम महिला जिल बाइडेन पनि सोमबार मञ्चमा आउनुहुनेछ भने पूर्व राष्ट्रपतिहरू बिल क्लिन्टन र बाराक ओबामा पनि यस हप्ता पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनका साथ अभियानमा उपस्थित हुने अपेक्षा गरिएको छ ।

बुधबार ह्यारिसका तर्फबाट उपराष्ट्रपतिपदका उम्मेदवार वाल्जले मिनेसोटा राज्यका गभर्नरका रूपमा ट्रम्प र उहाँका प्रतिद्वन्द्वी भान्सको आलोचना गर्नुभएको थियो ।

अधिवेशनको बिचमा ह्यारिस र वाल्जले विस्कन्सिनको मिल्वौकीमा चुनाव प्रचार गर्ने छन् र त्यसपछि सिकागो फर्कनेछन् । सिकागोमा ह्यारिसका पति डग एमहोफले पनि ह्यारिसको अभियानलाई सम्बोधन गर्ने कार्यक्रम छ । रासस/एएफपी