• १३ असोज २०८१, आइतबार

मन्त्रालय बाँडफाँट तथा राज्यमन्त्री थपबारे मधेस प्रदेशका मुख्यमन्त्रीसँग जानकारी माग

blog

मधेस प्रदेशसभा संसदीय दलका नेता तथा मुख्यमन्त्री सतिशकुमार सिंह । फाइल तस्बिर

काठमाडौँ, साउन २५ गते । मधेस प्रदेशसभा संसदीय दलका नेता तथा मुख्यमन्त्री सतिशकुमार सिंहसँग जनमत पार्टीले मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थपेको भन्दै असन्तुष्टि जनाएको छ । पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले मुख्यमन्त्री सिंहले पार्टीसँग समन्वय नगरेर जिम्मेवारी बाँडफाँट र सरकार विस्तार गरेको भन्दै आवश्यक जानकारी माग गरेको बताउनुभयो ।

जनमतले परिणाम देखिने गरी जनताको हकहितको लागि मन्त्रालयको काममा ध्यान दिनुभन्दा मुख्यमन्त्रीले अनावश्यक उद्घाटन समारोहमा समय खर्चिएको, पार्टीले दिएको निर्देशन बेवास्ता गरेको आरोप लगाएको छ । “जनमतले परिणाम देखिने गरी काम गर्नुपर्नेछ तर मुख्यमन्त्री भने उदघाटन मै बेस्त हुनुहुन्छ । यसैगरी बजेट बनाउने क्रममा सांसदलाई पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिई पार्टीको छविमा बारम्बार आँच पुर्याएकोलगायत विषयमा उहाँलाई पार्टीले स्पष्टीकरण सोधेको हो”, प्रवक्ता यादवले भन्नुभयो । रासस