• १२ साउन २०८१, शनिबार

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यको शपथ सम्पन्न

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी। तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, साउन ११ गते। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। 

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा उपाध्यक्ष अधिकारीले प्रधानमन्त्री ओली समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

 

त्यस लगत्तै उपाध्यक्ष अधिकारीबाट राष्ट्रिय सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।  शपथ समारोहमा उपप्रधानमन्त्री, मन्त्री, प्रधानमन्त्रीका सल्लाहकारलगायत विशिष्ट राजनीतिक व्यक्तित्व र वरिष्ठ सरकारी कर्मचारीको उपस्थिति थियो । 

बिहीबरको मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा अधिकारी र सदस्यमा  डा. आरती बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको थियो।