• ६ साउन २०८१, आइतबार

पोखरामा दुर्घटना हुँदा एक जनाको मृत्यु

blog

फडिन्द्र अधिकारी

लेखनाथ, साउन ६ गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६, लेक साइडमा आइतबार बिहान भएको दुर्घटनामा २६ वर्षीय ईश्वर परियारको ज्यान गएको छ । बिहान पौने ६ बजेतिर ग३च ३४५७ नम्बरको कारले ग११प ९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा परियारको निधन भएको हो । 

बिहान पौने ६ बजेतिर गाडीको ठक्करले गम्भीर घाइते बन्नुभएका मोटरसाइकल चालक परियारलाई उपचार लागि गण्डकी मेडिकल कलेज लगिएकोमा पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । कारका चालक पोखरा–१७, डेमसाइड निवासी ३० वर्षीय सुशील दहित र दुवै सवारी साधन प्रहरी नियन्त्रणमा छन् । 

घटनाबारे अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताउनुभयो ।