• ६ साउन २०८१, आइतबार

धर्मिक पर्यटन प्रवर्द्धन गर्न साइकल र्‍याली

blog

धुलिखेल (काभ्रे),  साउन ६ गते ।जिल्लाका धार्मिक एवं ऐतिहासिक स्थलहरुको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले साइकल र्‍यालीको आयोजना गरिएको छ ।

‘पनौती बाइक स्टेसन’को आयोजनामा पनौतीबाट प्रारम्भ भएको  र्‍य ाली धुलिखेल–भट्टीडाँडा–काभ्रेभञ्ज्याङ नमोबुद्ध हुँदै पुनः पनौती पुगेर समापन भएको थियो ।

धार्मिक यात्राका लागि साइकलमार्ग तयार पारेर र्‍याली आयोजना भएको स्टेसन प्रमुख विपिन श्रेष्ठले बताउनुभयो । जिल्लाका धार्मिक पर्यटकीयस्थल साइकलबाटै घुम्न सकिने भन्ने सन्देश प्रवाह गर्न  र्‍याली आयोजना गरिएको बताउनुभयो । 

जिल्लाको मुख्य धार्मिकस्थलका साथै पनौती, धुलिखेल र नमोबुद्धका पर्यटकीय स्थलको आन्तरिक पर्यटन प्रवर्धन गर्न  र्‍य ालीबाट सहयोग पुग्ने पनौती नगरपालिका– ५ का वडा अध्यक्ष विनोद खत्रीले बताउनुभयो ।

 पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले  र्‍य ालीको शनिबार शुभारम्भ गर्नुभएको हो । र्‍यालीमा दुई सय जना सहभागी थिए । रासस