• ६ साउन २०८१, आइतबार

बर्सातले गर्दा सौराहा सुनसान

blog

शालिग्राम नेपाल 

चितवन, साउन ६ गते । बर्खा लागेपछि चितवनको पर्यटकीय नगरी सौराहा क्षेत्र सुनसान बनेको छ । हरेक समय केही गतिविधि भइरहने सौराहामा बर्खामा कुनै पनि कार्यक्रम आयोजना नभएको र राजमार्गको यात्रा जोखिमपूर्ण भएकाले पर्यटकको आगमन कम भएको हो । 

क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार यो समय पर्यटक कम हुने मौसम हो तर पनि थोरै सङ्ख्यामा चिनियाँ पर्यटक आएका छन् । अन्य स्वदेशी पर्यटक भने बिदाको समय पारेर न्यून सङ्ख्यामा आउने गरेका छन् । 

पर्यटक कमी भएपछि भारतीय र स्वदेशी पर्यटक भिœयाउनका लागि सौराहा प्रवेश गर्ने चित्रसारी मन्दिरनजिक गङ्गा आरतीको सुरुवात गरिएको छ । धार्मिक महŒवको हिसाबले चित्रसारी क्षेत्र अत्यन्तै ऐतिहासिक स्थान हो । यो मन्दिरनजिक बहने खोला किनारमा गङ्गा आरती सुरु गरेपछि यसलाई अवलोकन गर्ने र एक रात भए पनि सौराहामा बस्न आउने वातावरण बन्छ भनेर सुरु गरेको अध्यक्ष गिरीले बताउनुभयो । पर्यटकीय गतिविधि कम भएपछि होटेल सञ्चालकले मर्मत तथा नयाँ निर्माणको काम थालेको उहाँले जानकारी दिनुभयो । मुग्लिङ–नारायणगढ, नागढुङ्गा–मुग्लिङ–पोखरा त्यस्तै नारायणगढ–बुटवल सडक यात्रा ज्यादै कठिन भएकाले त्यसको प्रभाव पर्यटकीय क्षेत्रमा परेको उहाँले बताउनुभयो । यात्रा जोखिमयुक्त भएपछि फुर्सदमा रमाउन आउनेलाई प्रभाव पारेको उहाँले बताउनुभयो । 

बर्सातको समयमा पर्यटकको आगमन कमी भएपछि कर्मचारी फुर्सदिला भएको क्षेत्रीय होटेल सङ््घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले बताउनुभयो । उहाँले अहिले होटेलको मर्मत तथा अन्य काम भइराखेको जानकारी दिनुभयो । यो मौसम नै ‘अफ सिजन’ हो, अहिले पर्यटक आउनलाई 

यात्राको मार्ग नै जटिल भएकाले समस्या आएको घिमिरेले बताउनुभयो । होटेल सेभेन स्टारका सञ्चालक माधव दवाडीले भन्नुभयो, “साउनको दोस्रो हप्तासम्म पर्यटक कम छन्, त्यसपछिका दिनमा होटेल बुक भएको छ । व्यावसायिक कार्यक्रमले होटेलको व्यापार हुने गरेको छ । घुम्न आउनेहरू बस्ने अवस्था भने कम छ । व्यापारिक कार्यक्रम, बैठकलगायतले गर्दा अहिले होटेलको व्यापार चल्ने गर्दछ ।”

असारदेखि असोजसम्म चितवन राष्ट्रिय निकुञ्जले जिप सफारी बन्द गरेपछि पनि पर्यटकको आगमनमा कमी आएको छ । निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा जङ्गल सफारी भए पनि निकुञ्ज प्रवेश गर्न नपाउने, बर्सातमा राप्ती खोलाको सतह वृद्धि भएपछि डुङ्गा सफारी जोखिम हुने भएकाले पर्यटक कम भएका हुन् । क्षेत्रीय होटेल सङ्घका अनुसार अहिले सौराहा क्षेत्रमा मुस्किलले ३० प्रतिशत पर्यटक आएका छन् ।  

सौराहापछि पर्यटकीय क्षेत्रका रूपमा रहेको मेघौली, पटिहानी, जगतपुरलगायतका क्षेत्रमा पनि पर्यटकको कमी भएको छ । पश्चिम चितवन पर्यटकीय होटेल व्यवसायी सुबोध प्रधानले भन्नुभयो, “यो मौसम पर्यटकका लागि उपयुक्त भएन त्यसैले ज्यादै न्यून मात्रामा पर्यटक आएका छन् । भरतपुर–काठमाडौँको हवाई भाडा ज्यादै महँगो भएका कारण यहाँभन्दा पोखरा पर्यटक जाने गर्दछन् । चितवनको पर्यटन क्षेत्रको विकासमा बाधा पुग्नुको कारण हवाई भाडा महंँगो पनि हो । अर्को यहाँ आउने राजमार्गको अवस्था सजिलो छैन । पर्यटकीय गतिविधि वृद्धि गर्न सबैको ध्यान जान जरुरी छ तर यसतर्फ सरकारको ध्यान जान सकेको छैन ।” 

पर्यटनविज्ञ डा. विश्व सुवेदीको भनाइमा चितवन पर्यटकीय सुन्दरताले भरिएको क्षेत्र हो तर मौसमको कारणले गर्दा पर्यटकको कमी भएको छ । भरतपुर भ्रमण वर्षका कारण केही गतिविधि भएका छन् । यो सकारात्मक हो तर अहिले मौसमले गर्दा अन्य कार्यव्रmम हुन सकेको छैन । भरतपुर महानगरका पर्यटनविज्ञसमेत रहेका सुवेदीले महानगरले पर्यटकीय गतिविधि वृद्धि गर्न योजनाबद्ध रूपमा कार्यक्रम गर्दै आएको बताउनुहुन्छ ।