• ४ साउन २०८१, शुक्रबार

पहिलो प्राथमिकतामा किसान

blog

महागढीमाई नगरपालिका बाराको केन्द्रमा छ । प्रसिद्ध गढीमाताको नामले यस पालिकाको नामकरण गरिएको हो । पूर्वबारागढी गाउँपालिका, पचरौता नगरपालिकासँगै पूर्व र उत्तरमा करैयामाई गाउँपालिका, पश्चिममा कलैया उपमहानगरपालिका, दक्षिणमा देवताल र सुवर्ण गाउँपालिका रहेका छन् । साबिक बरियारपुर, गन्जभवानीपुर, बबुआइन, दहियार, तेलकुवा, पत्रहट्टी, मधुरीजब्दी, कबहीजब्दी, पिप्राबिर्ता, प्रशुरामपुर–१, मझरिया–८, महेशपुर–१ गाविस मिलेर ५५.३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा करिब ६२ हजार जनसङ्ख्या छ । यहाँका ८५ प्रतिशत नागरिक कृषिमा आधारित छन् । छ प्रतिशत विभिन्न व्यापार, व्यवसाय, ५.५ प्रतिशत रोजगार र ३.५ प्रतिशत विदेशमा छन् । यस नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादवसँग कलैया समाचारदाता शिवशङ्कर मिश्रले गर्नुभएको कुराकानी :

तपार्इं बाराको पालिकाका प्रमुखमध्ये सबैभन्दा कान्छो नगरप्रमुख हुनुहुन्छ । जनतासमक्ष गरेको प्रतिबद्धता कसरी पूरा गर्दै आउनुभएको छ ?

मैले निर्वाचनअघि यहाँका बासिन्दाको आर्थिक उन्नति गर्ने, सुशासनको अनुभूति दिलाउने, रोजगारी सिर्जना गर्ने, स्वास्थ्यको स्थिति सुधार गर्ने, गढीमातालाई विश्व सम्पदामा सूचीकृत गराउने, किसानका लागि खेत खेतमा पानी पु¥याउने र यहाँको वातावरण स्वच्छ बनाउने प्रतिबद्धता गरेको थिएँ । सोही अनुसार मैले काम गर्दै आएको छु । मेरो पहिलो प्राथमिकतामा यहाँका किसानलाई के कसरी सुविधा सहुलियत पु¥याउने भन्ने नै छ । 

अहिले किसानका लागि पासाहा सिँचाइ आयोजना अन्तिम चरणमा पुगेको छ । यसका साथै जोकहा बाँधपैन तीन चार पटक मैले बाँधेर सिँचाइ गराएको छु । यस पटक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पक्की सिँचाइ आयोजनाको कार्य अगाडि बढाएको छु । थल्ही र आचला सिँचाइ आयोजनाको कार्य अगाडि बढाउँदै छु । जति पनि कुल, कुलेसाहरू भरिएका पुरिएका छन् सबैलाई सञ्चालन गर्नेतर्फ पालिका अगाडि बढेको छ । हामी निरन्तर किसानको साथमा छौँ ।  उन्नत जातको बिउबिजन प्रत्येक वर्ष धान, गहँु र मकैको बिउका साथै मलखाद अनुदानमा वितरण गर्दै आएका छौँ । विभिन्न सङ्घ संस्था र यस पालिकाबाट गाउँ गाउँमा डिप बोरिङ गराएको छु । विद्युतीय मिटरको सम्पूर्ण बिलको रकम पालिकाले बेहोर्दै आएको छ । यसै गरी कृषि बाटो निर्माण गरेपछि खेत खेतबाट बाली भिœयाउन र खनजोत गर्न किसानलाई सहज भएको छ । यसरी किसानका लागि सबैभन्दा बढी विकासको काम भएको छ । जुन प्रत्यक्ष रूपमा अरूले देखेका हुँदैनन् । कृषि जेटिएमार्फत बालीमा लागेको रोगकिराको निदान गरिँदै आएको छ । 

तीन तहको सरकारबिच कस्तो सम्बन्ध छ ?

देशमा राजनीतिक स्थिरता नरहेकाले तीन तहको सहकारबिच जसरी सौहार्द किसिमको सहकार्य हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । गठबन्धनको नाउँमा विकास पनि बाँडफाँट नै हुनुपर्ने जस्तो भएको छ । जहाँ आवश्यकता नै छैन त्यहाँ विद्यालय निर्माण भइरहेको छ जहाँ बन्नुपर्ने थियो, त्यहाँ बनिरहेको छैन । प्रदेश र सङ्घीय सरकारबाट हुनुपर्ने विकासमा स्थानीय तहसँग समन्वय नै नगरी मनपरी ढङ्गबाट गरिँदा राष्ट्रिय स्रोतसाधनको दुरुपयोग  भइरहेको छ  । 

जनताको वास्तविक आवश्यकता अनुसारको विकास प्रदेश र सङ्घले दिन सकिरहेका छैनन् । मात्र कमिसनमा लिप्त रहेका कारण आफू अनुकूल व्यक्ति तथा ठेकेदारबाट २० प्रतिशत कमिसनमा विकासका काम बेचिने गरेका छन् । हाल गढीमाई मन्दिरमा विकास गर्न प्रदेश सरकारबाट पेपरमा लुकाएर ३० करोड रुपियाँको टेन्डर भएको छ । भौतिक पूर्वाधार कार्यालयले कागजमा लक्षित गरी कमाउने उद्देश्यले कार्यव्रmम अगाडि बढाएको छ । पहिलादेखि ढलान रहेको तथा ग्राभेल रहेको ठाउँमा फेरि ग्राभेल गर्न टेन्डर गरिएको छ । यस्तो प्रवृत्तिले कसरी विकास हुन्छ ? 

शिक्षा क्षेत्रको विकास कसरी गर्दै हुनुहुन्छ ?

वडा वडामा रहेका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेको छु । सबै सामुदायिक विद्यालयमा एक एक कक्षा थप गरी सबै कक्षामा अङ्ग्रेजी माध्यम पनि लागु गर्ने लक्ष्य राखेको छु । विद्यार्थीको अनुपातमा निजी स्रोतबाट शिक्षक पदपूर्ति गर्नका लागि चारदेखि १० लाख रुपियाँसम्म विद्यालयमा अनुदान दिँदै आएको छु । विद्यार्थी सङ्ख्या कम रहेकोमा चार लाख, मध्यम खालमा छ लाख र धेरै विद्यार्थी भएका विद्यालयलाई १० लाख रुपियाँसम्म दिँदै आएको छु । विद्यार्थीलाई चाहिने स्वच्छ खानेपानी, सेनेटरी प्याडको व्यवस्था, भौतिक पूर्वाधार सुधार तथा शिक्षाको गुणस्तर बढेकाले सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । गढीमाई बहुमुखी क्याम्पस निर्माणका लागि गरिएको यज्ञबाट साढे दुई बिघा जग्गा खरिद गरिएको छ । दाताबाट आउन बाँकी रहेको रकम आएपछि थप साढे दुई बिघा जग्गा क्याम्पसको नाउँमा खरिद गरिने छ । 

स्वास्थ्यको क्षेत्रमा के गर्नुभएको छ ?

 स्वास्थ्य क्षेत्रमा यस पालिकाबाट दुई दुई वटा एम्बुलेन्स निःशुल्क सञ्चालन हुँदै आएका छन् । दुई दुई वटा स्वास्थ्य प्रयोगशाला छन् । ती सबै निःशुल्क छन् । बेला बेलामा स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको छु । ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल तथा गर्भवती महिला, बालबालिका र विद्यार्थीका लागि औषधीसहितका सेवा प्रदान गरेको छु । यसै गरी १५ श-याको अस्पताल बरियारपुरमा निर्माण भइरहेको तथा गन्जभवानीपुरमा १० शøयाको अस्पताल निर्माण गर्न प्रव्रिmया अगाडि बढाएको छु । हाम्रो पालिकाले आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्यको क्षेत्रमा गरेको कार्यले देशमा प्रथम स्थान प्राप्त गरी राष्ट्रिय सम्मानबाट सम्मानितसमेत भएको छ । 

यस वर्ष गढीमाईको मेला लाग्ने छ । थप आगन्तुक तथा पर्यटक भिœयाउन केही योजना राख्नुभएको छ ? 

गढीमाईको पञ्चवर्षीय मेलाको तयारीमा हामी लागेका छाँै । अधिक पशुबलि दिइने मन्दिर भनेर यो मन्दिर देश विदेशमा प्रख्यात छ । गढीमाताको दर्शन गर्न पर्यटक भिœयाउने योजना हामीसँग थुप्रै छन् । यस वर्षको पञ्चवर्षीय मेलामा पहिलादेखि रहेको गढीमाई सञ्चालन विकास कोषलाई थप सव्रिmय बनाएर कार्य अगाडि बढाउने लक्ष्य राखेको छु । पशुपति विकास कोष जस्तै मोडेल ल्याएर कानुन निर्माण गरी सोहीबमोजिम कर्मचारी राखेर नीतिगत कार्य सञ्चालन गर्ने छु । पहिलाको विधानलाई केही संशोधन गरी राजपत्रमा स्वीकृत गराउने लक्ष्य राखेको छु । यस विषयमा करिब एक सातादेखि बैठक जारी छ । गुरुयोजना अनुसारको गढीमाई मन्दिरमा सौन्दर्यीकरण भइरहेको छ । केही दिनअगाडि सामाजिक सञ्जालमा मेलाको गलत सूचना राखेपछि उनीविरुद्ध साइबर अपराधको कसुरमा कारबाहीको प्रव्रिmया प्रहरीमार्फत अगाडि बढाइएको छ । 

समृद्धिका लागि कस्तो गुरुयोजना बनाउनुभएको छ ?

खास गरी दलित वर्ग, विपन्न, गरिब, असहाय, एकल महिलाको उत्थान गर्न गुरुयोजना बनाएका छौँ । प्रत्येक वडामा माग अनुसारको पकेट क्षेत्र निर्धारण गरी सामूहिक खेती, निजी व्यवसाय र तरकारी खेतीका लागि योजना बनाएको छु । यस वर्ष करिब डेढ करोड रुपियाँको बजेटबाट सामूहिक पशुपालन, कालिज, कुखुरापालन, अस्ट्रिच, लोकल कुखुरापालनको कार्य गर्न समूह बनाएर सम्झौता अनुसारको छनोट सुरु भएको छ ।

तरकारी खेती गर्ने किसानका लागि यसै वर्ष तरकारी राख्न कोल्ड स्टोर निर्माणको टेन्डर गर्दै छु । हालका दिनमा करिब १० करोड रुपियाँको लागतमा विद्युतीकरण कार्यव्रmम अन्तर्गत ट्रान्सफर्मर, पोल, तार जडानलगायतको कार्य सम्पन्न भइसकेको छ । आउने वर्ष पनि सबैभन्दा बढी कृषि क्षेत्रकै विकासका लागि बजेट विनियोजन गर्ने सोच बनाएको छु । सूर्य मन्दिरको टेन्डर, पोखरी तथा गढीमाई सौन्दर्यीकरण, भौतिक पूर्वाधारलगायतको कार्य अगाडि बढिसकेको छ । पाँच बिघा क्षेत्रफलमा चिडियाखाना बनाउने योजना छ । हाल सवा बिघामा चिडियाखाना निर्माणको कार्य सुरु भइसकेको छ । यसलाई निरन्तरता दिने छु । मेला लाग्नुभन्दा अगाडि चिडियाखाना सञ्चालनमा ल्याउने छु ।