• १६ असार २०८१, आइतबार

कैलालीबाट साढे पाँच हजार विद्यार्थी उत्तीर्ण

blog

फाइल तस्विर

अविनाश चौधरी

धनगढी, असार १३ गते । कैलालीबाट २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका पाँच हजार ४२८ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

यो जिल्लाबाट एसइईमा सहभागी भएका ३०.०५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई धनगढीले जानकारी दिएको छ । सो कार्यालयका अनुसार यो जिल्लाबाट १८ हजार ६० जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए । 

परीक्षा दिएकामध्ये १२ हजार ६३२ जना ६९.९४ प्रतिशत विद्यार्थीको नतिजा राम्रो आएको छैन । परीक्षा उत्तीर्णमध्ये चार जनाले चार जिपिए ल्याएको शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत प्रतापसिंह धामीले बताउनुभयो । 

उहाँका अनुसार ३३४ जनाले ३.६ देखि चार जिपिए, एक हजार २९९ ले ३.२ देखि ३.५९ जिपिए, दुई हजार ९३ जनाले २.८ देखि ३.१९ जिपिए प्राप्त गरेका छन् । यसैगरी, एक हजार ५१९ जनाले २.४० देखि २.७९ जिपिए र १८३ जनाले २.०१ देखि २.३९ जिपिए ल्याएका छन् । पाँच हजार ५० जना विद्यार्थीले ग्रेड सुधार परीक्षा दिन पाउने धामीले बताउनुभयो ।