• १६ असार २०८१, आइतबार

करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते

blog

राजु लामिछाने
रुकुमपश्चिम, असार १३ गते ।
 रुकुमपश्चिममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ८ घोरखानी निवासी ६७ वर्षीया झुपा देवी रोकाको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।

मकै गोड्न बारीमा गएको बेला लत्रिएको विद्युतको तारले रोकालाई करेन्ट लागेको थियो ।

उहाँका अनुसार करेन्ट लागेर सोही ठाउँका ६० वर्षीया सुशीला ओली र ३२ वर्षीया जमुना बुढाथोकी घाइते हुनुभएको छ ।

रोकालाई करेन्ट लागेपछि तान्न जानुभएका ओली र बुढाथोकी घाइते हुनुभएको प्रहरीको भनाइ छ । दुबैजना घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ ।