• १६ असार २०८१, आइतबार

खोलाले बगाउँदा बालक बेपत्ता

blog

विष्णुप्रसाद पोखरेल

दमक, असार १३ गते । झापामा बनियानी खोलाले बगाउँदा एक बालक बेपत्ता भएपछि खोजी कार्य तीव्र बनाइएको छ ।

गौरीगञ्ज गाउँपालिका वडा नं १ स्थित बनियानी खोलाले बगाउँदा स्थानीय झोलुङ्गे टोलका वेद विकका १३ वर्षीय छोरा मिलन विक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

बुधबार साँझ ६ बजेतिर साथीहरूसँग खोला तर्ने क्रममा ती बालकलाई खोलाले बगाएको हो । जनपद प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा बेलुकादेखि नै खोजिए पनि फेला पार्न नसकिएको गौरीगञ्ज १ का वडा अध्यक्ष कात्तिकलाल राजवंशीले बताउनुभएको छ ।