• १५ असार २०८१, शनिबार

लागूऔषधविरुद्ध ६ दिने अभियान

blog

फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, असार १२ गते । इस्लामिक सङ्घ नेपालले लागूऔषधविरुद्ध देशव्यापी अभियान सञ्चालन गरेको छ । असार ११ देखि १६ गतेसम्म ६ दिन अभियान सञ्चालन हुने सङ्घले जनाएको छ ।

सङ्घका महासचिव अतहर अलीका अनुसार नशालु पदार्थको सेवन इस्लाममा निषेधित छ । यसको प्रयोग दण्डनीय अपराध हो । कुरानमा पनि यसबारे स्पष्ट आदेश रहेको उहाँको भनाइ छ । नशालु तथा लागूऔषध प्रयोग आफैँमा अपराध हुनुका साथै अन्य धेरै अपराधको जननी भएको उहाँले बताउनुभयो । 

इस्लामिक सङ्घले मुख्य चार उद्देश्य राखी लागूऔषधविरुद्धको अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । 

युवा पुस्ताले लागूऔषधको कुलतमा फस्नुभन्दा सकारात्मक र रचनात्मक गतिविधिमा आफ्नो समय गरुन्, पैसा र धन सम्पत्तिको नास, अपव्यय, नैतिक विकार र विभिन्न रोग, सडक दुर्घटना र आकस्मिक मृत्युबाट सुरक्षित रहन कुलत त्यागुन्, कुलतको विभीषिकाप्रति सचेत र जागरूक रही इस्लामका शिक्षालाई उजागर गर्ने बारेमा सचेत गराउन युवा सक्रिय होउन् रहेको सङ्घको भनाइ छ ।