• १५ असार २०८१, शनिबार

कैलालीमा चट्याङ लागेर थप एक जनाको मृत्यु, दुई घाइते

blog

भावना जोशी
अत्तरिया, असार १२ गते ।
 कैलालीमा चट्याङ लागेर थप एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१८ ‘एफ’ गाउँका २७ वर्षीय शालिम चौधरी खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर घाइते हुनुभएको थियो ।

चट्याङ लागेर घाइते हुनुभएको चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै, थप दुई जना घाइते भएका छन् । घाइते हुनेमा जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षीय रिता कठरिया र २३ वर्षीय सुस्मा डगौरा रहेका छन् । यसअघि आजै जोशीपुर गाउँपालिकाका जयराम डगौँराको मृत्यु भएको समेत प्रहरीले जनाएको छ ।