• १३ असोज २०८१, आइतबार

पानी परेपछि कैलालीवासीलाई राहत

blog

धनगढीमा सिमसिम पानी परेको बेला सर्वसाधारण । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार १२ गते । कैलालीमा आज पानी परेपछि महिनौ दिनसम्मको उखरमाउलो गर्मीबाट यहाँका बासिन्दालाई राहत मिलेको छ । आज बिहानबाट वर्षा भएपछि मौसम चिसो भ  गर्मीबाट राहत मिलेको हो । 

यस अघिसम्म यहाँ अत्यधिक गर्मी थियो । जिल्लाको पूर्वी क्षेत्रलगायत केही भूभागमा हिजो अस्ति हल्का पानी परे पनि धनगढीलगायतको विभिन्न क्षेत्रमा पानी परेको थिएन । मनसुनी वर्षा भएपछि गर्मीबाट छुट्कारा पाएको धनगढीका देवेन जोशीले बताउनुभयो । 

नेपालमा मनसुन यसवर्ष चाँडै प्रवेश भए पनि यस प्रदेशसम्म पुग्न ढिलो भएको थियो । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा आज बिहान जारी गरिएको मौसम बुलेटिनमा उल्लेख छ ।  

वर्षा भएपछि किसानलाई पनि सहज भएको छ । पानीको पर्खाइमा रहेका उनीहरु खेतीपातीको काममा सक्रिय भएका छन् ।