• १५ असार २०८१, शनिबार

बाढीले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता

blog

हरि कोइराला
उर्लाबारी, असार ११ गते । 
खोला किनारमा माछा मार्न बसिरहेको बेला खोलामा आएको बाढीले बगाउँदा मोरङको सुन्दरहरैँचा –५ कि २२ वर्षीया प्रेमकला चौधरी (फुदनी) को मृत्यु भएको छ ।

खोला किनारमा प्रेमकलासँगै रहेका दुई जना बेपत्ता भएका छन् भने एक जना आफैँ निस्किन सफल हुनु भएको छ । पश्चिम मोरङ र पूर्वी सुनसरीको सीमा भएर बग्ने बुढीखोलाको नयाँ वृन्दावन उत्तरपटि उनीहरू चारै जना माछा मारिरहेका थिए । 

सुन्दरहरैँंचा नगरपालिका वडा नं.५ का वडा सदस्य श्याम खनाल अनुसार ६० वर्षीय सासू अप्सरादेवी चौधरी र  अन्दाजी २५ वर्षकी जेठी बुहारी फुला चौधरी खोलाले बगाएर बेपत्ता हुनुभएको छ । अर्की बुहारी २२ वर्षीय स्वस्तिका चौधरी पौडिएर बाँच्न सफल हुनुभएको छ । वडा सदस्य खनालका अनुसार अहिले सशस्त्र प्रहरी र प्रहरीले बेपत्ता भएका व्यक्तिको खोजी गरिरहेको छ ।