• १५ असार २०८१, शनिबार

अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

blog

लीलाराज खड्का 

बिर्तामोड, असार ११ गते । कनकाई नगरपालिका-३ स्थित सुरुङ्गा–झापा भित्री पक्की सडक खण्डमा अटोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

सुरुङ्गा झापा सडक खण्डको भित्री अमरपथ सडक खण्डमा मदरगाछीबाट सुरुङ्गा आउँदै गरेको प्र.१–०१–००१ह. ७७३८ नम्बरको अटोले पैदलयात्री कनकाई ३ सुरुङ्गा बस्ने ६० वर्षीय ओमप्रकाश भेट्वाललाई बाटो काट्ने क्रममा ठक्कर दिई घाइते बनाएको थियो ।

घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो । उहाँको उपचारको क्ममा मृत्यु भएको हो । अटो र चालक कन्काई ५ मदरगाछी बस्ने ४२ वर्षीय टिकाराम उप्रेतीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।