• १३ असोज २०८१, आइतबार

कोशी सरकारविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

blog

काठमाडौँ, असार ११ गते । सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध परेको रिट खारेज गरेको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले कोशी सरकारविरुद्ध परेको रिट खारेज गरेको हो ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । उक्त रिट सर्वोच्चले खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले निरन्तरता पाउने हुनुभएको छ ।