• १५ असार २०८१, शनिबार

झापामा चट्याङले एक्कै दिन तीन जनाको मृत्यु

blog

लीलाराज खडका

बिर्तामोड, असार ११ गते। झापामा चट्याङले लागेर एक्कै दिन तीन जनाको मृत्यु भएको छ।झापाका फरक-फरक स्थानमा चट्याङ्गले हानेर तीन जनाको मृत्यु भएको हो।

झापाको झापा गाउँपालिका वडा नम्बर ४ लोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको मृत्यु भएको हो।मंगलबार बिहान ९ बजे आफ्नो खेतमा आली लगाउँदै गरेका उनको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको आफन्तले जनाएका छन्।

यता मंगलबार नै बिहान ८ः४५ बजेको समयमा झापा गौरीगञ्ज गाउँपालिका ३ ठेकीटोलामा स्थानीय गौरादह नगरपालिका ८ बस्ने वर्ष ४२ का लीला भन्ने विकास गिरी खेतमा बिउँ उखेल्ने क्रममा चट्याङले हानेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मंगलबार बिहान कमल गाउँपालिका २ समइगढमा  खेतमा ट्याक्टरले जोत्नेक्रममा खेतमा उभिइरहेको अवस्थामा चट्याङ लागेर स्थानीय ४६ वर्षीय राजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

खड्कालाई बिहान ७ बजे चट्याङले लागेर घाइते हुनुभएको थियो।उहाँलाई उपचारका लागि आम्दा अस्पताल दमक पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो।