• ४ साउन २०८२, आइतबार

ताप्लेजुङमा भरुवा बन्दुकसहित एक पक्राउ

blog

भरुवा बन्दुकसहित पक्राउ परेका लिम्बूलाई सार्वजनिक गर्दै प्रहरी।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ११ गते। ताप्लेजुङमा भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसे बस्ने ४२ वर्षीय नरेश खोयाहाङ लिम्बूलाई एकथान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार लिम्बू गाउँबाटै पक्राउ परेका हुन्। पक्राउ परेका लिम्बूको साथबाट एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बारुद ५७ ग्राम, छर्रा गोली, काँटी, सलाईको बट्टा र खुकुरी एक थान बरामद भएको प्रनाउ रावलले जानकारी दिनुभयो।

पक्राउ परेका लिम्बूमाथि ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।