• १५ असार २०८१, शनिबार

खोलाले बगाएर एकको मृत्यु

blog

हरि कोइराला

उर्लाबारी, असार ११ गते । मोरङको केराबारी –४ स्थित गोगुने खोलाले बगाएर बालकको मृत्यु भएको छ । मङ्गलबार बिहान आफ्नो घर केराबारी–४ याङ्सिलाबाट किताब बोकेर पढ्नका लागि जनकल्याण मावि चिउरी भन्ज्याङतर्फ लागेका ११ वर्षीय श्याम राईको खोलाले बगाएर मृत्यु भएको केराबारी –४ का वडाध्यक्ष शिवप्रसाद तामाङले जानकारी दिनुभएको हो ।

कक्षा –६ मा अध्ययनरत राईसँग अरु २० जना विद्यार्थी सँगै थिए । विद्यार्थीहरूले उद्धारको प्रयास गरे पनि नसकेपछि हारगुहार गरेका थिए । स्थानीयले थाहा पाएर उद्धार गर्दा श्यामको मृत्यु भइसकेको थियो ।