• १३ असोज २०८१, आइतबार

पेस्तोलसहित एक जना पक्राउ

blog

जनार्जन खत्री

सर्लाही, असार ११ गते । प्रहरीले सर्लाहीको चुरेभेगस्थित लालबन्दी नगरपालिका–१५, बोहोरेडाँडाबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय रामलाल मोक्तान छन् । इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वमा खटिएको लालबन्दी प्रहरीको टोली र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट समेत खटिएको प्रहरी टोलीले मोक्तानलाई घरबाटै हतियारसहित नियन्त्रणमा लिएको हो । 

मोक्तानले आफ्नै घरमा लुकाइ राखेको एक थान पेस्तोलसहित पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले मोक्तानलाई सर्लाही जिल्ला अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । 

मोक्तानलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको छ ।