• १४ असार २०८१, शुक्रबार

नागरिक समाजको धर्ना

blog

इनरुवा नगरपालिकाले आयोजना गरेको नगर सभाको भवन अगाडि धर्नामा रहेका नागरिक समाजका प्रतिनिधि । तस्विरः जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, असार १० गते । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकाको शिक्षा र स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै नागरिक समाजले नगरको ध्यानाकर्षण गराउन धर्ना सुरु गरेको छ । 

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि नीति, कार्यक्रम तथा  बजेट सार्वजनिक गर्ने सभा हल बाहिर नगरको समग्र शिक्षामा गुणस्तर हुनुपर्ने र स्वास्थ्य सेवा सबैको पहुँचमा हुनुपर्ने मागसहित नागरिक समाजले नगर प्रमुख केदार भण्डारीको ध्यानाकर्षण गराउन धर्ना दिएको हो । 

सोमबार विहान ११ बजेदेखि चार घण्टासम्म इनरुवा नगर शैक्षिक सुधार अभियानले शिक्षा सुधार, प्राविधिक विद्यालय, विज्ञान संकायको पढाइको व्यवस्था र अस्पताल सुधार संर्घष समितिले स्वास्थ्य संस्थामा औषधीको उपलब्धता, नगर अस्पतालको स्थापना र नागरिकको पहुँचमा स्वास्थ्य हुनुपर्ने मागसहित ध्यानाकर्षण गराउन धर्ना दिएको अभियानका संयोजक दिलिपचन साहुले जानकारी दिनुभयो ।