• १३ असोज २०८१, आइतबार

सुनको मूल्य तोलामा २७ सयले घट्यो

blog

काठमाडौँ,  असार ९ गते । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु. दुई हजार सात सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु. एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि रु. एक लाख ४२ हजार निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु. एक लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि रु. एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला रु. ५० ले घटेको छ । शुक्रबार प्रतितोला रु. एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु. एक हजार आठ सय १५ निर्धारण भएको छ ।  रासस