• १२ मंसिर २०८१, बुधबार

चिकित्सा शिक्षा प्रवेश परीक्षा आगामी भदौमा

blog

काठमाडौँ, जेठ ३० गते ।  चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौदेखि सुरु गर्ने भएको छ । त्यसका लागि आयोगले विभिन्न शैक्षिक कार्यक्रमका लागि विद्यार्थी छनोट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको आवेदन भने बुधबारदेखि भर्न सकिने जनाएको छ । 

आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोगले स्नातक तहको परीक्षाका लागि योग्यता पुगेका इच्छुक विद्यार्थीले बुधबारदेखि असार १८ गतेसम्म आवेदन दिन सकिने जानकारी दिनुभयो । उहाँले आयोगले एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी मिडवाइफ्री, बिएएमएस, बी फार्मालगायतका स्नातक तहका विषयमा आवेदन दिन सकिने जानकारी दिनुभयो ।  प्राडा झाका अनुसार आयोगले १८ देखि २५ असारसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने बताउनुभयो ।