• १० मंसिर २०८१, सोमबार

शिथिल अर्थतन्त्र बिस्तारै चलायमान हुँदैछ

blog

अर्थमन्त्री वर्षमान पुन मङ्गलबार सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न बजेट पुस्तकसहितको ब्रिफकेश लिएर सङ्घीय संसद हल प्रवेश गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त

काठमाडौँ ,जेठ १५ गते । अर्थमन्त्री वर्षमान पुनले शिथिल अर्थतन्त्र बिस्तारै चलायमान हुँदै गएको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषण गरेकोसमेत बताउनुभयो ।