• १३ साउन २०८१, आइतबार

नागरिकका लागि स्वास्थ्य सेवालाई रुपान्तरण गर्न सरकार संवेदनशील

blog

उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव जेनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएशनको आयोजनामा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्नुहुँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत ९ गते । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नागरिकको राम्रो भविष्यका लागि स्वास्थ्य सेवालाई रुपान्तरण गर्दै लैजाने विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको छ । जेनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएशनको आयोजनामा शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

उपप्रधानमन्त्री यादवले सम्मेलनले निकाल्ने निष्कर्ष नेपाल सरकारका लागि पनि उपयोगी हुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले सो संस्थाले सेवा प्रवाहको कामलाई अझ व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । नेपालमा कोभिड, भूकम्पलगायतका सङ्कटको बेलामा इमर्जेन्सी मेडिसिन टोलीले नेपालमा खेलेको भूमिकाको प्रशंसा गर्दै उपप्रधानमन्त्री यादवले आउने दिन पनि सो कामलाई अझै व्यवस्थित ढङ्गले अघि बढाउने अपेक्षा पनि नेपाल सरकारले गरेको बताउनु भयो ।


उपप्रधानमन्त्री यादवले भन्नुभयो, ‘‘नेपालमा पनि जेन्डर प्लानरले सहरमा र गाउँहरुमा खासगरी जहाँ अन्य सुविधाहरु, अन्य जनशक्तिहरु उपलब्ध नरहेको अवस्थामा पनि यहाँहरुले सेवा दिएर महत्त्वपूर्ण कार्यहरु गरेको विगतदेखि गरी आएका छन् । र भविष्यमा पनि सेवा प्रवाह गर्न सहज रुपमा नेपाल जस्तो भौगोलिक विविधता, जटिलता भएको मुलुकमा यहाँहरुको अत्यन्त महत्त्वपूर्ण भूमिका हुने नै छ । विगतमा पनि धेरै सङ्कटको बेला चाहे त्यो कोभिडको सङ्कटको बेलामा होस्, चाहे त्यो भूकम्पको बेलामा होस् । वा त्यस खालका प्राकृतिक प्रकोपको बेला तपाईहरुले मानिसहरुको जीवन रक्षाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।’’

उपप्रधानमन्त्री यादवले नेपालमा पर्याप्त मात्रामा स्वास्थ्य जनशक्ति नरहेको अवस्थामा स्वयंसेवी संस्थाहरुको भूसमका महत्त्वपूर्ण हुने गरेको स्मरण पनि गराउनु भयो ।