• १४ मंसिर २०८१, शुक्रबार

‘विश्वमञ्चमा नेपालीले राम्रो प्रगति गरेका छन्’

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंमा आयोजित “प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, चैत्र ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति पनि गरिरहेको बताउनुभएको छ ।शनिबार बिहान काठमाडौँमा आयोजित “प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्नुहुँदै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन् । त्यहाँ गएकामध्ये कैयौँ नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन् । त्यसको उदाहरण डा. सूर्य सुवेदी पनि हो ।’’


प्रा.डा. सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग मागेको थिएँ । उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो । पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी बिकल्प दिनुभयो र हामीले नै लागू पनि गर्यौँ ।’’

लोकार्पणमा प्रा.डा. सूर्य सुवेदीले पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका विषयमा पुस्तकको सारसंक्षेपबारे चर्चा गर्नुभयो ।


‘विश्वमञ्चमा नेपालीले राम्रो प्रगति गरेका छन्’ ‘विश्वमञ्चमा नेपालीले राम्रो प्रगति गरेका छन्’ ‘विश्वमञ्चमा नेपालीले राम्रो प्रगति गरेका छन्’ ‘विश्वमञ्चमा नेपालीले राम्रो प्रगति गरेका छन्’