• १३ साउन २०८१, आइतबार

डढेलो तथा अग्नि नियन्त्रण दस्ता गठन

blog

भरतपुर (चितवन), चैत १ गते । चितवनको भरतपुर महानगरपालिका-१३ राइनोकुञ्जमा वन डढेलो तथा अग्नि नियन्त्रण प्रशिक्षण कार्यक्रम गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको आयोजनामा बेलसहर मध्यवर्ती सामुदायिक वनको परिसरमा प्रशिक्षण दिइएको हो ।

समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा सञ्जाल मृगकुञ्ज रत्ननगरका अध्यक्ष वसन्त रानाले वन डढेलोका कारण डढेलोबाट हुने विपद र यसको समाधानका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जका रेन्जर सुमन भट्टराईले वनमा आगजनी गर्नेलाई हुने कानुनी कारबाहीबारे प्रशिक्षण दिनुभएको थियो ।  

प्रशिक्षण कार्यक्रमपश्चात महादेव रानाभाटको संयोजकत्वमा १७ सदस्यीय अग्नि नियन्त्रण दस्ता गठन गरिएको छ । भरतपुर-१३ का वडाध्यक्ष प्रकाश दवाडीले वन सम्पदा संरक्षणले मानव हित गर्ने भएकाले सबै सचेत भएर लाग्न जरूरी रहेको बताउनुभयो । लुकीछिपी वन, नदी र वन्यजन्तुलाई असर पार्ने कुनै गतिविधि नगर्न उहाँले अनुरोध गर्नुभयो । कार्यक्रममा अग्नि नियन्त्रणका विभिन्न सामग्री बेलसहर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष शोभाखर अधिकारीलाई हस्तान्तरण गरिएको थियो । रासस