• २० जेठ २०८२, मङ्गलबार

सकियो भोटो जात्रा (फोटो फिचर)

blog

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउँदै गुठी संस्थान ललितपुरका कर्मचारी। तस्बिरः मनोजरत्न शाही

ललितपुर, जेठ १८ गते। वैशाख ११ गते सुरु भएको रथ जात्रा भोटो देखाएसँगै आइतबार सकिएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा  जावलाखेलमा भोटो देखाए लगत्तै रथबाट देवतालाई ललितपुरको बुंगमतीको मच्छिन्द्रनाथको मन्दिरमा प्रतिस्थापन गरिन्छ । 

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरेलगायत संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, मन्त्री र उच्च पदस्थ कर्मचारीले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ।

गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका थिए। मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ। सो अवसरमा राष्ट्रपति पौडेलसहित उपस्थित अतिथिले रातो मच्छिन्द्रनाथसँगै पाटनकी जीवित देवी कुमारीको दर्शन गर्नुभयो। 

मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रूपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व रहिआएको छ।  


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।