• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सभाको बैठक बस्दै

blog

काठमाडौँ, फागुन २९ गते । सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेर ९ मिनेटमा सुरु हुनेछ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन हुनेछ । 

अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नारायण दाहाल र प्रमुख प्रतिपक्षबाट नेपाली काँग्रेसका युवराज शर्माको उम्मेदवारी छ । साथै बैठकमा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, समितिमा सदस्यहरूको मनोनयन, पूर्व बजेट बारे छलफल हुनेछ ।