• १६ भदौ २०८१, आइतबार

युवालक्षित वृत्ति मार्गनिर्देशन सेवा सुरु

blog

बनेपा समाचारदाता 

बनेपा, फागुन २५ गते । विद्यार्थी तथा युवालाई उनीहरूको रुचि र खुबीका आधारमा भविष्यमा अध्ययन गर्ने विषय तथा रोजगारीका सम्भावनाका बारेमा जानकारी दिने उद्देश्यले बागमती प्रदेशमा ‘वृत्ति मार्गनिर्देशन सेवा’ को सुरुवात गरिएको छ । बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तान र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. डेनियल मेउलीले धुलिखेलमा एक कार्यव्रmमका बिच वृत्ति मार्गनिर्देशक सेवाको शुभारम्भ गर्नुभएको हो । 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता खुबीराम अधिकारीले विद्यार्थी तथा युवाको रुचि, खुबी अनुसार उहाँहरूले अध्ययन गर्न सक्ने विषय, भविष्यमा गर्न सकिने काम तथा रोजगारीको खोजीमा रहेका युवालाई कुन उद्योगमा कस्तो रोजगारीको सम्भावना, अवसर तथा चुनौतीका बारेमा जानकारी दिन वृत्ति मार्गनिर्देशक सेवाले सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले हाललाई बागमती प्रदेशभित्रका १० वटा स्थानीय तहमा वृत्ति मार्गनिर्देशक सेवा कार्यव्रmम लागू भए पनि प्रदेश सरकारले नीति नै बनाएर प्रदेशभित्रका सबै स्थानीय तहमा कार्यव्रmम लागु गरिने बताउनुभयो । उहाँले कार्यव्रmम अन्तर्गत प्रदेशभित्रका सबै प्राविधिक शिक्षालय तथा सामुदायिक विद्यालयका कक्षा ८, १० र १२ का विद्यार्थीसहित युवालाई व्यक्तिगत र सामूहिक रूपमा  (करियर गाइडेन्स) वृत्ति मार्गनिर्देशन  गरिने बताउनुभयो । 

“वृत्ति मार्गनिर्देशन सेवाबाट पेसाका बारेमा जानकारी गराई उपयुक्त वृत्ति मार्ग छनोट गर्न, पेसा अपनाउन र रोजगारीको बजारसँग जोड्न मद्दत गर्ने छ,” प्रवक्ता अधिकारीले भन्नुभयो । उहाँले  प्रदेश मन्त्रालयको वेबसाइटमा रहेको डिजिटल प्लेटफर्ममा योग्यता परीक्षण गरी उनीहरूको रुचि, खुबी र श्रम बजारको मागका आधारमा सम्भावित वृत्ति मार्ग पहिचान गरिने बताउनुभयो । प्रदेश सरकारले स्थानीय तहसँगको सहकार्यमा विद्यालय र रोजगार सेवा केन्द्रमार्फत यो सेवा विस्तार गर्ने लक्ष्य राखेको प्रवक्ता अधिकारीले बताउनभुयो । सामाजिक विकासमन्त्री मोक्तानले दक्ष र समर्पित व्यक्तिको विकासमा वृत्ति मार्गनिर्देशन महìवपूर्ण हुने भएकाले प्रदेश सरकारले स्थानीय सरकारसँगको सहकार्यमा सेवाको सुदृढीकरण र विस्तार गर्न आवश्यक स्रोतसधानको व्यवस्था गर्ने बताउनुभयो । 

नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. डेनियल मेउलीले स्विट्जरल्यान्डले शिक्षा, नवप्रवर्तन र युवा सशक्तीकरणमा प्रतिबद्धता जनाएको बताउनुभयो । उहाँले मार्गनिर्देशन सेवा केन्द्रले शिक्षा र रोजगारीबिचको खाडललाई कम गर्न, सूचना एवम् तथ्याङ्कका आधारमा युवाले निर्णय लिन र उनीहरूको व्यक्तिगत र व्यावसायिक लक्ष्यसँग मिल्ने अवसर प्रयोग गर्न महìवपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यव्रmममा  स्विट्जरल्यान्डको वृत्ति मार्गनिर्देशन केन्द्रका प्रबन्धक भेरा रेन्ट्सले स्विस शिक्षा प्रणाली र कानुनमा वृत्ति मार्गनिर्देशन समावेशको विषय तथा फ्युचर क्याप्टन्स इन इन्डियाका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सिइओ) तमिलसेल्भान महालिङ्गमले भारतीय युवामा वृत्ति मार्गनिर्देशन र सरकारको भूमिकाबारे आफ्नो अनुभव र दृष्टिकोणका बारेमा अनलाइन प्रस्तुतीकरण गर्नुभएको थियो । 

नेपालको सन्दर्भमा काठमाडौँ विश्वविद्यालय शिक्षा विद्यालयका डिन प्राडा बालचन्द्र लुइटेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता, प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा. भीष्मकुमार भुसाल, बुढानीलकण्ठ नगरपालिकाका शिक्षा महाशाखा प्रमुख र वृत्ति मार्गनिर्देशन शिक्षकबिच छलफल भएको थियो । नेपाल र स्विट्जरल्यान्ड सरकारबिचको द्विपक्षीय सम्झौताबमोजिम सञ्चालन भएको दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर) र सामाजिक विकास मन्त्रालयको संयुक्त प्रयासमा वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन गरिएको हो । वृत्ति मार्गनिर्देशन सेवा कार्यक्रम बनेपा नगरपालिका, पनौती नगरपालिका, मध्यपुर थिमि नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नागार्जुन नगरपालिका, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, ललितपुर महानगरपालिका र हेटौँडा उपमहानगरपालिकामा सञ्चालन भएको छ ।