• २८ पुस २०८१, आइतबार

घरेलु महासङ्घ र महिला समितिको नयाँ नेतृत्व चयन

blog

घरेलु महासङ्घ तथा महिला समितिको नवगठित कार्यसमितिलगायत। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ १६ गते। ताप्लेजुङस्थित नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तथा महिला उद्यम समितिको नयाँ नेतृत्व चयन भएको छ। उद्योग महासङ्घको नेतृत्वमा राजेन्द्रप्रसाद भारती र महिला उद्यममा बिष्णु श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको हो। 

महासङ्घमा भारती र समितिमा श्रेष्ठ दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो। फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलुङमा सम्पन्न महासङ्घको नवौं र समितिको सातौं अधिवेसनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। 

महासङ्घको २३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नरबहादुर सुनाम चयन हुनुभएको छ।

यस्तै  प्रथम उपाध्यक्षमा हर्कराज गुरुङ र द्वितीय उपाध्यक्षमा मातृकादेवी प्रसाइँ चयन हुनुभएको छ। महासचिवमा पासाङरिता शेर्पा, सचिवमा कोपिला नेपाली र कोषाध्यक्षमा लीला सुनुवार चयन हुनुभयो। 

महासङ्घको सल्लाहकार संयोजकमा सन्तोष खतिवडा र सदस्यमा ज्ञानप्रसाद मिश्र र कुमार सिवा चयन हुनुभएको छ।

त्यस्तै नौ सदस्यीय महिला उद्यम समितिको उपाध्यक्षमा शान्ति सिवा, सचिव नैनाकला गुरुङ र कोषाध्यक्षमा बिमाया शेर्पा चयन हुनुभएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन सहभागी बन्नुभएको थियो। 

यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय महासचिव डम्बर रेग्मी, कोशी प्रदेश समिति अध्यक्ष अञ्जु उपाध्याय लगायतको उपस्थितिमा जिल्ला अधिवेसनहरु सम्पन्न भएको नवनिर्वाचित महासङ्घका अध्यक्ष भारतीले जानकारी दिनुभयो।