• १६ भदौ २०८१, आइतबार

गोरखापत्रकर्मी खतिवडा सहित ३० जना महिला सम्मानित

blog

काठमाडौँ, फागुन २५ गते । चन्द्रलोक प्रतिष्ठानले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएका महिलालाई सम्मान गरेको छ । 

उक्त अवसरमा उपसभामुख इन्दिरा राना मगर, मुना मासिकका सह–सम्पादक लक्ष्मी खतिवडा, नेतृ जयन्ती राई, रन्जु झा र गोकणेश्वर नगरपालिकाका उप प्रमुख सान्नानी लामालगायत ३० जना महिलालाई सम्मान गरिएको हो । 

कार्यक्रमको अवसरमा नेता झालनाथ खनालले नेपालमा लैङ्गिक समानताका लागि थुप्रै ऐन, कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आयोगको समेत व्यवस्था भएको बताउनुभयो । 

उहाँले साहाना प्रधान, मङ्गलादेवी सिंहलगायतका थुप्रै अग्रज महिला नेतृले नेपाली समाजमा महिलाको राजनीतिक, आर्थिक र सामाजिक सशक्तीकरणका लागि उठाएको आवाजको परिणामले समाजमा निक्कै परिवर्तन आएको धारणा व्यक्त गर्नुभयो । 

उपसभामुख इन्दिरा रानामगरले सो प्रतिष्ठानले देशै भरी विभिन्न क्षेत्रमा काम गरिरहेका महिलालाई सम्मान गरेर हौसला प्रदान गरेको बताउनुभयो ।