• १६ भदौ २०८१, आइतबार

प्रदेश प्रमुख शर्मा समक्ष दलित आयोगको प्रतिवेदन

blog

अनिल पराजुली

हेटौँडा, फागुन २३ गते । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०७९/०८० को तेस्रो वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख शर्मा समक्ष  आयोगका सदस्य सुन्दर पुर्कुटीले प्रतिवेदन पेस गर्नुभएको हो । 

नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार वार्षिक प्रतिवेदन पेस भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता उपसचिव गोविन्द प्रसाद पौडेलले जानकारी दिनुभयो ।