• १३ साउन २०८१, आइतबार

मोहना नदीमा युवक मृत फेला

blog

अविनाश चौधरी

धनगढी, फागुन २३ गते । कैलालीको भजनी नगरपालिका-३ कुसुमघाटस्थित मोहना नदीमा युवकको शव भेटिएको छ । नेपाल भारत सीमा क्षेत्र नजिक आज युवकको शव भेटिएको हो । 

नदीमा माछा मार्ने क्रममा माझीले घोप्टो परेको अवस्थामा पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय भजनीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो । उहाँका अनुसार मृतकको परिचय खुल्न सकेको छैन । 

स्थानीयका अनुसार मृतकसँग टीकापुर नगरपालिका-१ प्रकाश विक नाम लेखिएको पासपोर्ट भेटिएको छ ।