• १६ भदौ २०८१, आइतबार

‘मिटरब्याजी पीडितलाई न्याय दिने प्रक्रिया कमजोर नहोस्’

blog

वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

काठमाडौं, फागुन २३ गते । निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरूलाई न्याय दिने प्रक्रिया कमजोर बनाउनु नहुने बताउनुभएको छ ।

बुधबार गृह मन्त्रालयबाट बिदाइ हुँदै निवर्तमान मन्त्री श्रेष्ठले आफूले मिटरब्याजी पीडितहरूलाई न्याय दिनको निम्ति सकारात्मक भूमिका खेलेको बताउनुभएको हो ।

उहाँले आयोग र कानुन बनाउँदै सरकार अगाडि बढेको भन्दै पछि सबै उजुरीहरू जिल्ला प्रहरी कार्यालयमा पठाएर काम अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले कतिपय प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीलाई मिटरब्याजी सम्बन्धी काममा राम्रो नगरेका कारण सरुवा समेत गरेको बताउनुभयो ।

निवर्तमान मन्त्री श्रेष्ठले यो कामलाई फत्ते गर्नुपर्ने भन्दै अर्को मन्त्री आउँदा प्रक्रिया कमजोर नहोस् भनी सचेत पनि बताउनु भयो । उहाँले पीडितलाई न्याय दिने काम निरन्तर रूपमा अगाडि बढाउनुपर्ने जानकारी दिनुभयो ।

‘‘समस्या समाधानका लागि आयोगको घोषणा गर्‍यौँ । त्यसपछि कानुन निर्माणको प्रक्रियामा गयौँ । त्यसपछि सिडिओ अफिसमा सहजीकरण समिति बनायौँ । त्यसो गर्दाखेरी हामीले धेरै सकारात्मक भूमिका निर्वाह ग¥यौँ । पीडितलाई न्याय दिनको निम्ति । पछाडि आयोगको विघटन भइसकेपछि हामीले सबै उजुरीहरू जिल्ला प्रहरी कार्यालयमा पठायौँ ।,’’ निवर्तमान मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘त्यसले स्वैच्छिक मेलमिलापको प्रक्रियामा लैजाने र त्यसपछाडि स्वैच्छिक मेलमिलापमा समाधान हुन नसके थप अनुसन्धान गर्नुपर्ने भए अनुसन्धान गरेर अभियोजनको प्रक्रियामा लैजाने भन्ने प्रक्रियामा अगाडी बढ्न निर्देशन जारी गरेका छौँ । अहिले पनि एक महिनाभित्रमा तीन हजारभन्दा बढी पीडितले न्याय पाइसके जिल्ला प्रहरी कार्यालयमा । यसलाई ध्यान दिइयोस् । एउटा मन्त्री गएर अर्को मन्त्री आउँदाखेरी यो प्रक्रिया कमजोर नहोस् ।’’

मन्त्री श्रेष्ठले सङ्घीयता र प्रहरी समायोजन नगर्ने कुरा साथसाथै जान नसक्ने भन्दै प्रहरी समायोजन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बुद्धिमत्ता ढङ्गले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभयो ।