• ११ जेठ २०८१, शुक्रबार

सञ्चारमन्त्री शर्मालाई बिदाइमै फेरि शपथको निम्तो

blog

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । फाइल तस्बिर

काठमाडौं, फागुन २३ गते । नेकपा (माओवादी केन्द्र) ले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पुनः सञ्चारमन्त्री बनाउने भएको छ ।

बुधबार माओवादी केन्द्रले सञ्चार मन्त्रालयमा पुनः शर्मालाई पठाउन लागेको हो ।

बुधबार निवर्तमान मन्त्री शर्माको बिदाइ कार्यक्रम मन्त्रालयमा चलिरहेकै बेला उहाँलाई पुनः मन्त्री पदको शपथका लागि निम्ता आएको हो ।

‘‘बालुवाटारबाट ४ बजे सञ्चार मन्त्रीको शपथ छ आउनुहोला भनेर फोन आयो । उहाँले भाषण सकेलगतै सोबारे जानकारी गराउनुभएको हो ।,’’ मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा डायमण्डले भन्नुभयो ।

उहाँलाई ४ बजेको निम्तो आएपनि राष्ट्रपति कार्यालयमा भने औपचारिक पत्र पुगिसकेको छैन ।