• १६ भदौ २०८१, आइतबार

गोर्खाली आइओएफटिसीको संयोजक नियुक्त

blog

आइओएफटिसीको संयोजक नियुक्त मास्टर अमुल गोर्खाली बीचमा ।

काठमाडौँ, फागुन २३ गते । दक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को संयोजकमा तेक्वान्दो मास्टर अमूल गोर्खाली नियुक्त हुनुभएको छ । 

अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा गर्ने यस प्रतियोगिताको १४औँ संस्करण हुन लागेको हो । कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा सोलमा हुने सो प्रतियोगिता सन् २०२४ को अगस्ट महिनामा हुँदैछ । 

आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले बुधबार गोर्खाली आइओएफटिसीको बोर्ड सदस्यमा नियुक्त भएको र त्यसपछि उहाँलाई प्रतियोगिता संयोजकको जिम्मेवारी दिइएको जानकारी दिनुभयो । आइओएफटिसीका महासचिव केरेन ब्लाकलेजले गोर्खालीलाई बोर्ड सदस्य र प्रतियोगिता संयोजकको नियुक्ति पत्र प्रदान गर्नुभयो । 

सो अवसरमा महासचिव ब्लाकलेजले गोर्खाली युवाहरूको संलग्नताले आइअहोएफटिसी च्याम्पियन्सीप अझ उचाइमा पुग्नेछ, भन्नभयो । महासचिव ब्लाकलेजका अनुसार गोर्खालीकै संयोजकत्वमा सन् २०२२ मा मिसिगनमा भएको १३औँ आइओएफटिसी च्याम्पियन्सीपमा सफलतापूर्वक सम्पन्न भएकोले पनि उहाँलाई सोलमा हुने आइओएफटिसी च्याम्पियन्सीपका लागि विश्वास गरिएको हो । 

गोरर्खाली इभरेस्ट तेक्वान्दो मिचिगनका डिरेक्टर पनि हुनुहुन्छ । आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । 

जसअनुसार आइओएफटिसीको आफ्नो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङ र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ ।