• ११ जेठ २०८१, शुक्रबार

लुम्बिनीमा मुख्यमन्त्रीद्वारा माओवादीका दुई मन्त्री बर्खास्त

blog

बर्खास्तमा पर्नुभएका अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसी । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, फागुन २३ गते । 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गर्नु भएको हो ।

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण वर्तमान मन्त्रिपरिषदमा रहेका माओवादीबाट बनेका दुई मन्त्रीलाई बर्खास्ती गरिएको छ । मुख्यमन्त्रीले दुई वटा मन्त्रालय आफूसँगै राख्नु भएको छ ।