• १६ भदौ २०८१, आइतबार

बालुवाटारमा नयाँ गठबन्धनको बैठक

blog

प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी । फाइल तस्बिर

काठमाडौं, फागुन २१ गते । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी रहेको छ ।  नेपाली कांग्रेससँगको सत्ता गठबन्धनमा घटपट भएपछि नयाँ गठबन्धनको बैठक बसेको हो ।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा कांग्रेसबाहेकका राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सोमबार दिउँसो ३ः३० बजेदेखि सुरु भएको बैठक जारी रहेको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूको सहभागिता रहेको छ ।

सोमबार राजनीतिक घटनाक्रम एकाएक विकसित भएपछि नयाँ समीकरण तथा समसामयिक विषयमा छलफल भइरहेको जानकारी सल्लाहकार आचार्यले दिनुभयो ।